‘स्वास्थ्य बिमाले नेपालको स्वास्थ्य क्षेत्रमा आवश्यकता अनुरुप काम गर्न सकेन’
१९ पुष, २०८१, शुक्रवार
- विध्यमान बिमा व्यवस्थाले नेपालको स्वास्थ्य क्षेत्रमा केही राहत केही सुविधाहरु उपलब्ध गराएको छ ।
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमाले नेपालको स्वास्थ्य क्षेत्रमा राहत दिए पनि आवश्यकता अनुसारको काम गर्न नसकेको बताएका छन् ।
शुक्रबार, स्वास्थ्य बीमा क्षेत्र सुधार गर्नका लागि गठित सुधार समितिको प्रतिवेदन हस्तान्तरण कार्यक्रममा बोल्दै उनले बिमा व्यवस्थाले नेपालको स्वास्थ्य क्षेत्रमा केही राहत दिएको तर यो आशिंक मात्र भएको बताएका हुन् ।
उनले भने, ‘नेपालको स्वास्थ्य बिमाको बारेमा धेरै खाले बिषयहरु हामीले देखीरहेका छौ । विध्यमान बिमा व्यवस्थाले नेपालको स्वास्थ्य क्षेत्रमा केही राहत केही सुविधाहरु उपलब्ध गराएको छ । तर यो आशिंक मात्र छ आवश्यकता अनुसारको छैन । व्यवस्थित छैन लक्षित समुहले पूर्णरुपमा लाभ लिने गरि यो अघि बढ्न सकेको छैन ।’
मन्त्री पौडेलले बिमालाई व्यवस्थित बनाउन नीती, योजना जरुरी भएकोले यस बारेमा अध्ययन गरिरहेको बताए ।
उनले भने, ‘यिनै कुरालाई महसुुुस गरेर हामीले आम नागरिकलाई स्वस्थ्य क्षेत्रमा सेवा सुविधा उपलब्ध हुनेगरी नागरिकको खल्तिबाट जुन खर्च भएको छ त्यो खर्च नहुने स्थिती निर्माण गर्नको लागि स्वास्थ्य क्षेत्रमा सबैको पहुँच युनिर्भसल कभरेजको नीतीका अनुसार यसलाई व्यवस्थित गर्नको लागी हामीले काम अघि बढाउन खोजिरहेका थियौ त्यस सन्र्दभमा कस्ता नीतीहरु अवलम्वन गर्न जरुरी छ कस्तो योजना बनाउन जरुरी छ भन्ने बारेमा अध्ययन गरेर अब बिमालाई व्यवस्थित बनाउन पर्छ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’